हिमालय एयरलाईन्सको उडानमा सुन तस्करी, दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको जम्मा १ सय ८४ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो रंगको धातुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार उनीहरूले सुन जस्तो देखिने पहेंलो रंगको धातु लगेर जान खोज्दा प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा मोरङको सुन्दरहरैंचा नगरपालिका–७ वतन भएकी ४० वर्षीया शोभा विश्वकर्मा र रामेछापको रामेछाप नगरपालिका–५ रामपुर वतन भएकी २९ वर्षीया सरिता श्रेष्ठ रहेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

हिमालय एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी शोभा विश्वकर्मालाई १ सय ४ ग्राम तौलको बेरुवा औठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र लकेट २ थानसहित पक्राउ गरिएको छ ।

सरिता श्रेष्ठलाई जम्मा ८० ग्राम तौलको सिक्री १ थान र बेरुवा औठी १ थानसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

Published : Friday, 2023 May 19, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया