काठमाडौंमा बस दुर्घटना, ९ जना घाइते, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने बसमा सवार ९ जना घाइते भएका छन् ।
तारकेश्वर नगरपालिका–११ शेषमती सडकमा बा.३ ख ६३६७ नम्बरको बसले बा.४९ प ७०१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको रुपनी गाउँपालिका–३ घर भई ललितपुरको ईमाडोल बस्ने ५७ वर्षीय जोगेन्द्रप्रसाद गुप्ताको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बसमा सवार ९ जनामध्ये ७ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
अन्य २ जनाको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया