टिपरले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु
काठमाडौं । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट जिल्लामा एक जनाको मृत्यु भएको छ ।
बेलकोटगढी नगरपालिका–७ ठूलोखोला पुलस्थित सडकमा बा.०३–००१ ख २५८४ नम्बरको टिपर र बा.०२–०२९ प ५७५८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार लिखु गाउँपालिका–१ बस्ने ५० वर्षीय नेत्रमान बिकको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बिकको त्रिशुली अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Thursday, 2023 May 18, 10:19 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया