सल्यान र महोत्तरीबाट एउटै प्रकृतिको अभियोगमा मान्छेहरू पक्राउ
काठमाडौं । सल्यानको कालिमाटी गाउँपालिका–६ सिरेनी बस्ने ५५ वर्षीय प्रेमबहादुर घर्तीलाई पक्राउ गरेको छ ।
घर्तीलाई प्रहरीले भरूवा बन्दुक १ थान र बारुद भर्ने रड १ थानसहित मंगलबार साँझ पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
घर्तीले घर नजिकैको जंगलमा भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी घुइँयाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक र रडसहित फेला पारी पक्राउ गरेको हो ।
यता, महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित बनपथ राष्ट्रिय वनबाट भरुवा बन्दुक २ थानसहित सर्लाही ईश्वरपुर नगरपालिका–१२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले जंगली जनावरको शिकार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया