देउवासहितको बैठकमा दाहाललाई के–के सुझाव आयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा संलग्न गर्नुपर्ने विषयमा सत्ता साझेदार दलहरूसँग सुझाव माग गरेका छन् ।

सिंहदरबारमा मंगलबार भएको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री दाहालले शुक्रबार प्रस्तुत गरिने नीति तथा कार्यक्रमका लागि लिखित सुझाव माग गरेका हुन् ।

प्रधानमन्त्री दाहालले महत्वपूर्ण सुझावहरू लिखित रुपमा दिनका लागि दलहरूसँग आग्रह गरेका छन् । नेताहरूले कृषि तथा पर्यटनमा रोजगारी सिर्जना गर्ने नीति ल्याउन सुझाव दिएका छन् ।

विदेशिएका युवा तथा विद्यार्थीलाई स्वदेशमै रोक्न र जनशक्ति पलायन रोक्नका लागि आवश्यक कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राजमोका अध्यक्ष चित्रबहादुर केसी, उप–प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसहितका नेताहरूको उपस्थिति थियो ।

Published : Tuesday, 2023 May 16, 11:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया