खबरदारी प्रदर्शनमा कांग्रेस नेता खतिवडाको समर्थन
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले गोरुमारेभन्ज्यङ– निशंखे सडक संघर्ष समितिले आयोजना गरेको खबरदारी कार्यक्रमलाई समर्थन गरेको छ ।
खतिवडाले समर्थन गर्दै आफ्नो फेसबुक पेजमा भनेका छन्, ‘तपाईंहरूको यो आन्दोलनले मलाई थप सहयोग मिलेको छ । यो राम्रो कार्यको लागि मेरो सम्पूर्ण रुपमा समर्थन छ ।’
‘मैले केही दिन अगाडि सबै कार्यालय प्रमुखहरूसँग समग्र ओखलढुङ्गा विकास निर्माणको जानकारी लिएको थिएँ’, खतिवडाले भनेका छन्, ‘ओखलढुङ्गामा यस्तो अलपत्र योजनाहरू धेरै छन् ।’
उनले भने, ‘सम्बधित निकायलाई मेरो निर्देशन काम लिने अलपत्र पार्ने अधिकार कसैसँग छैन । यो पार्टी, त्यो पार्टीको नाममा कसैलाई बचाउन लाग्दिन र लाग्न दिन्न ।’
‘जो कोही होस् ती अलपत्र योजनाहरू तुरुन्त सुचारु गराउन लाग्नुस् काम नगर्ने जो सुकै होस् कारवाहीको लागि सिफारिस गर्नुस् म कहाँ के के गर्नु पर्ने सम्पूर्ण तरिकाले मेरो समर्थन रहनेछ’, खतिवडाले भनेका छन् ।
‘मलाई मुर्दावाद, जिन्दावाद जे–जे भन्नुहोस् मेरो कार्यकालभित्र सम्पूर्ण नयाँ–पुरानो योजनाहरूलाई समयमै निर्माण सम्पन्न गर्न मेरो प्रतिबद्दता सधैं रहनेछ’, उनले भनेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया