बानेश्वरमा प्रहरीद्वारा कोइरालाको घरमा छापा, ठूलो नगदसहित मान्छेहरू पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वर क्षेत्रबाट आठ लाखभन्दा धेरै रकमसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३१ बानेश्वर, कात्यानीचोक बस्ने सगोल कोइरालाको घरमा प्रहरीले शुक्रबार दिउँसो छापामारेको विज्ञप्तिमा उल्लेख छ ।
जुवातास खेलिरहेको अवस्थामा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ घर भई हाल काठमाडौं गौशाला बस्ने २९ वर्षीय मुकेशराज गिरीसमेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख १० हजार ४ सय रूपियाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको छ ।
नगदसहित जुवाडेहरू पक्राउ परेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Saturday, 2023 May 13, 3:52 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया