ओलखढुंगा र उदयपुरमा आगलागी हुँदा लाखौँको क्षति
काठमाडौं । उदयपुर र ओखलढुंगा जिल्लामा आगलागी हुँदा धनमाल जलेर लाखौँको क्षति भएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ हाडेवास बस्ने चोकबहादुर मगरको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी भएको छ ।
आगलागी हुँदा मगरको घर, उनको सरस्वती फूलवारी पशुपालन कृषि फर्म र उनका भाइ चित्रबहादुर मगरको गोठमा समेत जलेर क्षति भएको छ ।
आगलागी हुँदा सुनचाँदी, नगद ९० हजार रूपियाँ लगायतका सामान जलेर करिब २५ लाख ८२ हजार रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।
ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–४ रातमाटे बस्ने ७० वर्षीय कुमार राईको घरमा बिहीबार बिहान आगलागी भएको छ ।
राईको घरमा रहेको नगद ५ लाख रूपियाँ, सुन तथा चाँदीका गहना, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब १२ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया