महिलाको अश्लील सामग्री बनाउने नरेन्द्र केसी काठमाडौंमा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरोले महिलाको अश्लील सामग्री बनाइ चरित्र हत्या गरेको अभियोगमा ३५ वर्षीय नरेन्द्र केसीलाई पक्राउ गरेको छ ।
व्यूरोले काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ६ बाट केसीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका केसीविरुद्ध थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सात दिनेको म्याद थप गरेको विज्ञप्तिमा उल्लेख छ ।
केसीले सामाजिक सञ्जाल फेसबुकमा साथी बनी म्यासेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्यपारी सोको स्क्रीन रेकर्ड गरेर महिलासँग बारम्बार आफू अनुकूलको फाइदा लिने गरेर गरेको उजुरी प्रहरीमा परेको थियो ।
पीडित महिलालाई केसीले निकै हरान बनाएका थिए । उनले महिलाका आफन्तलाई समेत अश्लील सामग्री पठाएर दु:ख दिएको प्रहरीले जनाएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया