गाडी अनियन्त्रित भएर दुर्घटना, महिलासहित ३ जनाको मृत्यु
काठमाडौं । बारा जिल्लामा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कलैया उप–महानगरपालिका–१९ ईनर्वास्थित सडकमा ना.४ च ३४३२ नम्बरको गाडी अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु हुनेहरूमा सोही उप–महानगरपालिका–११ होङगरहवा बस्ने १९ वर्षीय साहुल पण्डित भन्ने प्रभात पण्डित र वीरगंज उप–महागनगरपालिका–२९ बस्ने १६ वर्षीय सुरेश पण्डित रहेको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका प्रभातको प्रादेशिक अस्पताल कलैया र सुरेशको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटना गराउने गाडी चालकलाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, मोरङको रंगेली नगरपालिका–५ धनपट्टी बोर्डरस्थित सडकमा प्र.न.१–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका–५ बस्ने ५० वर्षीया मानकीदेवी साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया