वरिष्ठ प्रशासकीय अधिकृत राईद्वारा समाचारको खण्डन

काठमाडौं । लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले आफूविरुद्ध आएको समाचारको खण्डन गरेका छन् ।

रिपब्लिका दैनिकमा प्रकाशित ‘मन्त्री मेरो मान्छे होभन्दै लुम्बिनीमा ज्ञानेनको धन्दा, काठमाडौंमा बसेर कोषभित्र आतंक’ शीर्षकको समाचारको राईले खण्डन गरेका हुन् ।

सोही दिन समाचार प्रकाशित हुनुभन्दा अगाडि वरिष्ठ प्रशासकीय अधिकृत राईसँग प्रतिक्रिया लिन फोनमा सम्पर्क गर्दा उनी फोन सम्पर्कमा आउन मानेका थिएनन् । उनले खण्डनमा आफूविरुद्ध आएका समाचारप्रति निकै आक्रोश पोखेका छन् ।

उनले भनेका छन्, ‘कुनै पनि सत्य–तथ्यमा आधारित नरहेको उक्त समाचारप्रति मेरो घोर आपत्ति जनाउँछु । मेरो खण्डन प्रकाशित गर्नु त्यस पत्रिकाको व्यायवसायिक धर्म भएको तथा उक्त सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएको र उक्त समाचारका कारण मेरो मान मर्यादामा समेत आँच पुगेको हुँदा उक्त तथ्यहीन समाचारमा कुनै पनि सत्यता नरहेको विवरणसहितको खण्डन यथाशीघ्र प्रकाशित गरिदिन समेत अनुरोध गर्दछु ।’

के थियाे समाचार ?

मन्त्री ‘मेरो मान्छे हो’भन्दै लुम्बिनीमा ज्ञानेनको धन्दा, काठमाडौंमा बसेर कोषभित्र आतंक

Published : Saturday, 2023 March 11, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया