ठूलो विश्वासका साथ कांग्रेसले शक्तिशाली जिल्लामा जितजंग बस्नेतलाई पठायो

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं जिल्लामा केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।

युवा नेता बस्नेतलाई कांग्रेस मुख्यालयले ‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन विशेष जिम्मेवारीसहित खटाएको हो ।

काठमाडौं केन्द्रीय राजधानी हो । काठमाडौंलाई कांग्रेसले विशेष महत्व दिएर नेता बस्नेतलाई प्रतिनिधि बनाएर पठाएको छ ।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी तीन चरणमा अभियान चलाउने निर्णय गरेको छ ।

सोही अभियानलाई कार्यान्वयन गर्न कांग्रेसले युवा नेता बस्नेतलाई प्रतिनिधि खटाएको हो ।

कांग्रेसले भदौ १० गतेदेखि शुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको बताएका छन् ।

Published : Tuesday, 2022 August 23, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया