कांग्रेसले गृहमन्त्री खाणको जिल्लामा जिम्मेवारी दिएर नेता चौधरीलाई पठायो

काठमाडौं । नेपाली कांग्रेसले रुपन्देही जिल्लामा केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।

चौधरीलाई कांग्रेस मुख्यालयले ‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन खटाएको हो । रुपन्देही गृहमन्त्री बालकृष्ण खाणको जिल्ला पर्छ ।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी तीन चरणमा अभियान चलाउने निर्णय गरेको छ ।

सोही अभियानलाई कार्यान्वयन गर्न कांग्रेसले युवा नेता चौधरीलाई प्रतिनिधि खटाएको हो ।

कांग्रेसले भदौ १० गतेदेखि शुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको बताएका छन् ।

रुपन्देही कांग्रेसका सभापति एवम् तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणसँग समन्वय गरेर केन्द्रीय सदस्य चौधरीले अभियान सफल बनाउन काम गर्नेछन् ।

Published : Tuesday, 2022 August 23, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया