कांग्रेस नेता महर्जन साँस्कृतिक र प्राकृतिक सम्पदा बचाउन सक्रिय

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवानेता एवम् खेलकुद विभागका पूर्वसचिव मीनकृष्ण महर्जन सामाजिक कार्यक्रमहरूमा निकै ब्यस्त देखिन्छ ।

महर्जनले स–साना काममा पनि आफूलाई केन्द्रित बनाउँदै आएका छन् । उनको यही शैलीलाई ललितपुरका जनताले रुचाउने गर्छन् । युवा, वृद्ध–वृद्धा सबैको कुरा सुन्ने र सहयोग गर्ने भएकै कारण महर्जनलाई स्थानीयले मन पराएका हुन् ।

ललितपुरको गोदावरी नगरपालिका–११ स्थित चापागाउँको ऐतिहासिक ईखा पोखरीमा पानीमा माछालाई अक्सिजन कमी भएपछि नेता महर्जनले गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनमार्फत करिब ६० हजार बराबर पानीको फोहर फाल्ने मेसिन हाल्ने कार्य गरेका छन् ।

करिब ३ सय वर्ष पुरानो जिर्ण अबस्थामा रहेको उक्त ऐतिहासिक ईखा पोखरी १३ वर्ष अगाडि नेता महर्जनकै सक्रियतामा पुनःनिर्माण गरिएको थियो ।

युवा नेता महर्जनले पर्यटकीयस्थल बनाउने उद्देश्यका साथ पोखरीभित्र बगैचा निर्माण गरेका छन् ।

ईखा पोखरी जनैपूर्णिमाको दिन पोखरीको पानी जल स्वरुप नेवार समुदायले क्वाटि बनाएर खाने चलन रहेको छ ।

कांग्रेसका नेता महर्जनले पोखरी नजिक रहेको करिब ३ सय वर्ष पुरानो चन्द्रभैरब मन्दिर र गणेश मन्दिर आफ्नै अध्यक्षतामा पुनःनिर्माण गराएका थिए ।

महर्जनकै सकृयता करिब ९ सय वर्ष पुरानो श्री सत्यसिं महाबिहार पनि पुनःनिर्माण गर्न लागिएको छ । बिहार पुनःनिर्माणमा ५ करोड ६० लाख लागत रहेको छ । गुम्बाको डीपीआर तयार भइसकेको छ ।

स्थानीय लक्ष्मी कर्माचार्यले सम्पदा संरक्षणमा कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनको ठूलो भूमिका र योगदान रहेको बताएकी छिन् ।

‘मीनकृष्ण भाई हाम्रो चापागाउँको लागि शान हो’, कर्माचार्यले भनेकी छिन्, ‘उहाँले प्रकृतिक र साँस्कृतिक सम्पदाहरू बचाउन आफै खटिदै आउनुभएको छ ।’

अर्का स्थानीय गुणदेवी शाक्यले भनेकी छिन्, ‘मीनकृष्ण दाईले चापागाउँ विकासको निमित्त उल्लेखनीय कार्य थुप्रै गर्दै आइरहनुभएको छ ।’

स्थानीय राजेन्द्र महर्जनले चापागाउँबासीहरूको सुखदुःख सारथि मीनकृष्ण महर्जन रहेको बताएका छन् ।

ललितपुर क्षेत्र नं. १ का जनताहरूलाई केहि समया हुाँ कांग्रेसका युवा नेता महर्जनलाई स्थानीयले सम्झिने गर्छन् ।

नेता महर्जनको पहलमा आफ्नो चुनावी क्षेत्रमा बागमती प्रदेशबाट १० करोडभन्दा बढी बजेट बिनियोजन भएको छ ।

महर्जन ललितपुर जिल्लामा निकै लोकप्रिय नेताको रुपमा परिचित छन् । कांग्रेसमा महर्जन प्रभावशाली नेता मानिन्छ ।

Published : Tuesday, 2022 August 23, 8:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया