यी चौवीस सह–सचिवहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले २४ जना सह–सचिवहरूको सरुवा गरेको छ ।

भदौ ५ गतेको मन्त्रिपरिषद निर्णयानुसार सह–सचिवहरूको सरुवा भएको हो ।

अणप्रसाद न्यौपानेको प्रदेश प्रमुखको कार्यालय गण्डकीमा सरुवा भएको छ ।

झकप्रसाद आचार्यको श्रम मन्त्रालय, कृष्णप्रसाद ज्ञवालीको श्रम मन्त्रालय, विदुरप्रसाद खनालको भूमि सुधार मन्त्रालय, केशवप्रसाद बिमलीको श्रम मन्त्रालयमा सरुवा भएको छ ।

नारायणप्रसाद सापकोटाको भरतपुर महानगरपालिका, ध्रुवराज पण्डितको महिला मन्त्रालय लुम्बिनी प्रदेश, रामबन्धु सुवेदीको संघीय मामिला मन्त्रालय, ज्ञानप्रसाद ढकालको उद्योग मन्त्रालयमा सरुवा भएको छ ।

ईश्वरकुमार गिरीको मुख्यमन्त्रीको कार्यालय १ नं. प्रदेश, ओमबहादुर खड्काको प्रदेश प्रमुखको कार्यालय बागमती, सन्तोष कैनीको उर्जा मन्त्रालय गण्डकी प्रदेश, रामकुमार श्रेष्ठको उर्जा मन्त्रालयमा सरुवा भएको छ ।

उधवबहादुर घिमिरेको बन मन्त्रालय लुम्बिनी प्रदेश, धिरेन्द्रकुमार प्रधानको बन मन्त्रालय गण्डकी, बेदकुमार ढकालको उद्योग मन्त्रालय सुदूरपश्चिम प्रदेश, दिवेशमणि त्रिपाठीको बन मन्त्रालयमा सरुवा भएको छ ।

सहदेवप्रसाद हुमागाइँको भूमि सुधार मन्त्रालय गण्डकी, डा.हरिबहादुर केसीको कृषि मन्त्तालय, कृष्णप्रसाद घितालको पर्यटन मन्त्रालय प्रदेश नं. १, यमलाल भुसालको महिला मन्त्रालय, कालीप्रसाद पराजुलीको कृषि मन्त्रालय, शिवराम न्यौपानेको खेलकुद मन्त्रालय र रामशरण सापकोटाको महिला मन्त्रालय मधेश प्रदेशमा सरुवा भएको छ ।

Published : Monday, 2022 August 22, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया