उपेन्द्रद्वारा सुमनलाई प्रवक्तामा मनोनीत

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मनीषकुमार सुमनलाई पदाधिकारीमा मनोनीत गरेका छन् ।

अध्यक्ष यादवले आइतबार सुमनलाई पार्टी प्रवक्ताको जिम्मेवारी तोकेका हुन् ।

केन्द्रीय कार्यकारिणी समितिका सदस्य समेत रहेका सुमनलाई प्रवक्ता बनाएर पार्टीभित्र सन्तुलन मिलाउन खोजेका छन् ।

‘जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधान २०७७ को १९ (२ घ)अनुसार पार्टीको कार्यकारिणी समितिका सदस्य मनीषकुमार सुमनलाई पार्टीको प्रवक्ता तोकिएको व्यहोरा जानकारीको लागि अनुरोध छ’, पत्रमा भनिएको छ ।

अध्यक्ष यादवले भनेका छन्, ‘पार्टी प्रवक्ताको रुपमा तपाईले देश र जनताको सर्वोत्तम हितका साथै पार्टीको नीति, सिद्धान्त, विचार र उद्देश्य प्राप्तिका लागि अझ बढी प्रभावकारी रुपमा भूमिकामा सफलताको शुभकामनासहित हार्दिक बधाई ।’

Published : Sunday, 2022 August 21, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया