सभापति बानियाँद्वारा पशुपतिमा प्रदीप गिरीको स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उपचार गराइरहेका नेता प्रदीप गिरीको स्वास्थ्य लाभको कामना गर्दै पशुपतिनाथको मन्दिरमा कामना गरेका छन् ।

शनिबार बागमती कांग्रेसका नेता कार्यकर्ताका साथ सभापति बानियाँले दीप प्रज्वलन, बेलुकाको आरतीमा सहभागी भएर नेता गिरीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

कांग्रेसका सादगी एवं बैचारिक नेता प्रदीप गिरीप्रति हृदयदेखि नमन गर्दै स्वास्थ्य लाभको काम गरेका छन् ।

Published : Saturday, 2022 August 20, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया