बोइङका पाइलटहरूको चर्तिकला विश्वले थाहा पायो

लण्डन । जहाई जहाजका सबै पाइलट निदाएपछि अवतरण गर्न आधा घण्टा ढिला भएको छ ।

सोमबार सुडानबाट इथियोपिया उडेको जहाजका दुवै पाइलट निदाएका थिए । जहाज अवतरण नगरी धावनमार्ग पार गरेर गएपछि घटनाले विश्वभरि चर्चा पाएको छ ।

खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७–८०० जहाजका दुबै पाइलट निदाएका हुन् । उनीहरूलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

एभियसन हेराल्डले जहाज ३७ हजार फिटको उचाइँमा अटोपाइलट मोडमा उडिरहेको जनाएको छ । अदिस अबाबा अन्तर्राष्ट्रिय विमानस्थल आउँदा पनि सो जहाजले उचाइँ घटाएको थिएन ।

एयर ट्राफिक कन्ट्रोलले विमानका पाइलटसँग सम्पर्क गर्ने कोसिस गरेपनि सम्पर्क हुन सकेको थिएन ।

जहाज धावनमार्ग पार भएर अघि बढेपछि भने अलार्म बजेको थियो । जहाजलाई पछि सुरक्षित अवतरण गराइएको थियो ।

एयरलाइन्स कम्पनीहरूले थकित पाइलटहरूलाई अत्यधिक काम गराउने गरेको गुनासो पनि आउने गरेका छन् ।

Published : Saturday, 2022 August 20, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया