बोइङका पाइलटहरूको चर्तिकला विश्वले थाहा पायो
लण्डन । जहाई जहाजका सबै पाइलट निदाएपछि अवतरण गर्न आधा घण्टा ढिला भएको छ ।
सोमबार सुडानबाट इथियोपिया उडेको जहाजका दुवै पाइलट निदाएका थिए । जहाज अवतरण नगरी धावनमार्ग पार गरेर गएपछि घटनाले विश्वभरि चर्चा पाएको छ ।
खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७–८०० जहाजका दुबै पाइलट निदाएका हुन् । उनीहरूलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
एभियसन हेराल्डले जहाज ३७ हजार फिटको उचाइँमा अटोपाइलट मोडमा उडिरहेको जनाएको छ । अदिस अबाबा अन्तर्राष्ट्रिय विमानस्थल आउँदा पनि सो जहाजले उचाइँ घटाएको थिएन ।
एयर ट्राफिक कन्ट्रोलले विमानका पाइलटसँग सम्पर्क गर्ने कोसिस गरेपनि सम्पर्क हुन सकेको थिएन ।
जहाज धावनमार्ग पार भएर अघि बढेपछि भने अलार्म बजेको थियो । जहाजलाई पछि सुरक्षित अवतरण गराइएको थियो ।
एयरलाइन्स कम्पनीहरूले थकित पाइलटहरूलाई अत्यधिक काम गराउने गरेको गुनासो पनि आउने गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया