कांग्रेसका प्रवक्ता डा.महतले दिए ट्रेकिङ एशोसिएसनका पदाधिकारीलाई शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले ट्रेकिङ ऐजेन्सिज एशोसिएसन अफ नेपालको नयाँ कार्यसमितिलाई बधाई दिएका छन् ।

शनिबार महाराजगञ्जस्थित निवासमा आएका एसोशिएसनका अध्यक्ष नीलहरि बास्तोलासहितको टिमलाई बधाई र कार्यकालको शुभकामना दिएका हुन् ।

डा.महतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।

डा.महतले निर्वाचन सफलता पूर्वक सम्पन्न गराउएका पूर्व अध्यक्ष खुमबहादुर सुबेदीलाई पनि बधाई दिएका छन् ।

कांग्रेसका प्रवक्ता डा.महतले आगामी दुई वर्षे कार्यकाल सफलका साथ नेतृत्व गर्न आग्रह गरेका छन् ।

Published : Saturday, 2022 August 20, 2:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया