प्रदीप गिरीको कस्तो छ स्वास्थ्य अवस्था ? के भन्छन् रामहरि खतिवडा ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद रामहरि खतिवडाले नेता प्रदीप गिरीको स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेका छन् ।

शुक्रबार राति अस्पतालमा पुगेर गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका खतिवडाले स्वास्थ्य लाभ हुनेछ भन्ने भगवानसँग प्रार्थना गर्नुपर्ने बताए ।

‘दाजु प्रदीप गिरीको स्वस्थ्य बुझ्न म राति अहिले पनि अस्पताल पुगेर आएँ’, खतिवडाले ट्वीटमार्फत भनेका छन्, ‘अहिलेसम्म गलत हल्लामा नपरौं ।’

उनले भने, ‘स्वास्थ्य लाभको काममा गरौं । अबस्था राम्रो हुनेछ भन्ने आश भगवानसँग गरौं ।’

कांग्रेस नेता गिरीको गम्भीर बिरामी भएपछि ललितपुरको एउटा अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार नेता गिरीलाई अस्पतालमा पुगेर कांग्रेसका नेताहरूले भेट गर्नेदेखि स्वास्थ्य लाभको कामना गरेका छन् ।

Published : Friday, 2022 August 19, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया