सरकारले यी तीन सह–सचिवबाट सचिवमा बढुवा गर्ने
काठमाडौं । बढुवा सिफारिस समितिले रिक्त रहेको एक सचिव पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
समितिले सह–सचिवहरू घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेलाई सिफारिस गरेको हो । उपाध्यायको बढुवा हुने सम्भावना धेरै छ ।
मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीन जना सह–सचिवबाट एक जनालाई सचिवमा बढुवा गर्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको अवकाशपछि एउटा सचिव पद रिक्त थियो ।
सिफारिस भएकामध्ये उपाध्याय ललितपुरको प्रमुख जिल्ला अधिकारी हुन् । दुवाडी उद्योग मन्त्रालयमा कार्यरत छन् । घिमिरे चीनमा महावाणिज्य दूत छन् ।
Published : Friday, 2022 August 19, 5:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया