नेपाली वैज्ञानिकहरूले बनाएको प्रविधिको कांग्रेस सभापति बानियाँद्वारा उद्घाटन

काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले महामारीका बेला अक्सिजन नभएर मृत्युवरण गर्नु परेको उदाहरण रहेको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बानियाँले पर्यावरण र अक्सिजन उत्पादनका लागि युवा वैज्ञानिकहरूले राम्रो काम गरेको बताए ।

उनले स्थानीय तहहरूमा नयाँ प्रविधिलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

सभापति बानियाँले युवाहरूले गर्न खोजेको काममा सहयोग गर्नुपर्ने बताए । उनले काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले सहयोग गर्न रकम छुट्टाएको बताए ।

कार्बनलाई प्रशोधन गरेर अक्सिजन बनाउने कुरामा आफ्नो साथ र सहयोग युवा वैज्ञानिकहरूलाई रहने बताए ।

प्रविधिमा आधारित अल्गे बायोरेक्टर डिभाईसको प्रयोगले पर्यावरणमा उत्सर्जन भएको कार्बनलाई अक्सिजनमा परिणत गर्दै वायु प्रदुषणको समस्या समाधान गर्ने मेसिनको बानियाँले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बागमती कांग्रेसका उप–सभापति चन्द्र महर्जन, बागमती प्रदेश उद्योग वाणिज्य राज्यमन्त्री रजनी जोन्छे अमात्य, बागमती प्रदेशका सांसद विजया केसी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, शिक्षाविद् डा.केदारभक्त माथेमा लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2022 August 18, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया