दुई आईजीपी सिंह र अर्यालबीच बैठक, समन्वय गर्ने सहमति
काठमाडौं । मुलुकको शान्ति सुरक्षा मिलेर मजबुद बनाउने विषयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालबीच परामर्श भएको छ ।
बिहीबार विराटनगरमा आईजीपीद्वय सिंह र अर्यालबीच भएको भेटवार्तामा मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सफलताका साथ सम्पन्न गर्नेबारेमा परामर्श भएको हो ।
शान्ति सुरक्षा मजबुद बनाउने विषयमा दुई आईजीपीबीच भएको बैठकमा एकअर्काबीच समन्वय गरेर अगाडि बढ्ने सहमति पनि भएको छ ।
नेपाल प्रहरीको कमाण्ड सम्हाल्नेवित्तिकै आईजीपी सिंहले सबै सुरक्षा निकायसँग समन्वय गरेर आफूलाई अगाडि बढाउँदै आएका छन् ।
Published : Thursday, 2022 August 18, 9:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया