दुई आईजीपी सिंह र अर्यालबीच बैठक, समन्वय गर्ने सहमति

काठमाडौं । मुलुकको शान्ति सुरक्षा मिलेर मजबुद बनाउने विषयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालबीच परामर्श भएको छ ।

बिहीबार विराटनगरमा आईजीपीद्वय सिंह र अर्यालबीच भएको भेटवार्तामा मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सफलताका साथ सम्पन्न गर्नेबारेमा परामर्श भएको हो ।

शान्ति सुरक्षा मजबुद बनाउने विषयमा दुई आईजीपीबीच भएको बैठकमा एकअर्काबीच समन्वय गरेर अगाडि बढ्ने सहमति पनि भएको छ ।

नेपाल प्रहरीको कमाण्ड सम्हाल्नेवित्तिकै आईजीपी सिंहले सबै सुरक्षा निकायसँग समन्वय गरेर आफूलाई अगाडि बढाउँदै आएका छन् ।

Published : Thursday, 2022 August 18, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया