अध्यक्ष कुसुमलता सिंहद्वारा आसराको कार्यको प्रशंसा

काठमाडौं । आसरा सुधार केन्द्र केन्द्र रानीबारीले २४औं वार्षिक साधारणसभा गरेको छ ।

मंगलबार रानीबारीमा आसराकी अध्यक्ष श्रीमती कुसुमलता सिंहको उपस्थितिमा सम्पन्न भएको हो ।

अध्यक्ष सिंहले सीमित स्रोत र साधनका बाबजुद पनि विगत २५ वर्षदेखि हालसम्म ५ हजार ६ सय ४५ जना पुरुष तथा महिला लागूऔषध प्रयोगकर्ताहरूलाई उपचारात्मक विधि अपनाई सुधारात्मक बाटोमार्फत् समाजमा पुनर्स्थापना गराउने कार्यमा केन्द्रले योगदान पुर्‍याएको बताइन् ।

कल्याणकारी र परोपकारी सेवाभावका साथ जनचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरी सेवा प्रवाहमा संख्यात्मक मात्र नभई गुणात्मक रुपमा सुधार गर्न केन्द्र कटिबद्ध रहेको उनले बताएकी छिन् ।

केन्द्रकी सचिव रूपा थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कोषाध्यक्ष नवीना कार्कीले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, आसरा सुधार केन्द्रका कार्यकारिणी समितिका पदाधिकारी, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, केन्द्रका सल्लाहकार लगायत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2022 August 16, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया