केन्द्रीय सदस्यमा छुटेपछि नेतृ डिसीले कांग्रेससँगको साइनो तोड्ने घोषणा गरिन्

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभाकी सांसद पार्वती डिसी चौधरीले कांग्रेससँगको साइनो तोड्ने घोषणा गरेकी छिन् ।

पूर्व केन्द्रीय सदस्य समेत रहेकी नेतृ डिसीले कांग्रेससँगको साइनो छिटै तोड्ने घोषणा गरेकी हुन् ।

मंगलबार सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर फेसबुकमा स्टाटस लेखेर डिसीले केन्द्रीय सदस्यमा मनोनीत नगरेकोमा असन्तुष्टि जनाएकी छिन् ।

‘सम्मानीय प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति मा.शेरबाहादुर देउवाज्यू । जय नेपाल ! आज केन्द्रीय सदस्यमा १० जाना महिला मनोनीत हुँदा पार्वता डिसी चौधरी अट्न सकिन, अटिन त्यसको लागि धन्यवाद छ । छिटै कांग्रेससँगको साइनो तोड्दैछु’, नेतृ डिसीले लेखेकी छिन् ।

नेतृ डिसी कांग्रेसबाट दुई पटक सांसद बनेकी छिन् । एक पटक दाङ क्षेत्र नं. १ बाट निर्वाचित भएकी थिइन् । अर्को पटक समानुपातिक सांसदमा मनोनीत भएकी हुन् ।

१४औं महाधिवेशनमा नेतृ डिसी केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् ।

Published : Tuesday, 2022 August 16, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया