बड्ता भएपछि यी सीडीओको पद धरापमा, कांग्रेस नेतृले उठाइन कुरा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृह मन्त्रालयको निर्देशानुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको आरोप परियारले लगाएकी छिन् ।

उनले प्रमुख जिल्ला अधिकारी प्याकुरेलमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी छिन् ।

कानूनभन्दा आफूलाई माथि राखेर दलितमाथि दुर्व्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले गृह मन्त्रालयको निर्देशनलाई समेत पालना नगरेर जातीय दम्भ देखाएको परियारले बताएकी छिन् ।

कांग्रेसकी सांसद परियारले लोकतन्त्रमा कर्मचारीहरू शासक नभई जनताको सेवक हुने भएकाले उनीहरूले जनसेवाको काम नगरे सरकारले तत्काल कारबाही गर्नुपर्ने पनि बताएकी छिन् ।

Published : Tuesday, 2022 August 16, 2:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया