बड्ता भएपछि यी सीडीओको पद धरापमा, कांग्रेस नेतृले उठाइन कुरा
काठमाडौं । नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेकी छिन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृह मन्त्रालयको निर्देशानुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको आरोप परियारले लगाएकी छिन् ।
उनले प्रमुख जिल्ला अधिकारी प्याकुरेलमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी छिन् ।
कानूनभन्दा आफूलाई माथि राखेर दलितमाथि दुर्व्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले गृह मन्त्रालयको निर्देशनलाई समेत पालना नगरेर जातीय दम्भ देखाएको परियारले बताएकी छिन् ।
कांग्रेसकी सांसद परियारले लोकतन्त्रमा कर्मचारीहरू शासक नभई जनताको सेवक हुने भएकाले उनीहरूले जनसेवाको काम नगरे सरकारले तत्काल कारबाही गर्नुपर्ने पनि बताएकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया