कांग्रेस नेता भण्डारीको खुलासाले मुलुकभरिका हिन्दूहरूमा तरंग
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले सबै पार्टीमा हिन्दूराष्ट्र मूल विषय बनाउनेबारे छलफल चलिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देश कुनैपनि बेला हिन्दूराष्ट्र हुन सक्ने बताए ।
‘यो सनातन हिन्दूराज्य कांग्रेसको मात्र नभई सबैको सुनौलो भविष्य, पहिचान र परिचयको आधार हो’, उनले भने, ‘यस विषयलाई सबैले गम्भीर तरिकाले लिएर सोंच्नुपर्ने बेला आएको छ ।’
नेता भण्डारीले कांग्रेसले पछिल्लो समय सिद्धान्त भुलेको बताएका छन् । ‘पार्टीले स्थापनाकालमा जुन विचार बोेकेर आएको थियो, त्यो विचारलाई छाडेर पछिल्लो समयमा सहमति र सहकार्यको नाममा पार्टीको विचारभन्दा बाहिर जानुपरेको अवस्था छ’, उनले भने ।
नेता भण्डारीले हिन्दूराज्यलाई रुपान्तरण गर्न र मूल सान्दर्भिकतालाई समाप्त पार्न षड्यन्त्र भएको बताएका छन् ।
‘सबै संविधानसभाका सांसद जनमत लिन जिल्ला पुगेका थिए’, उनले भने, ‘त्यो आएको जनमतलाई अनादार गर्दा मुलुकमा आज संकट आइपरेको छ ।’
उनले भने, ‘दस्तावेजका रुपमा संविधान जारी भयो । धर्मनिरपेक्षको विषयलाई संविधानभित्र घुसाइयो ।’
कार्यक्रममा कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका पूर्वसचिव मीनकृष्ण महर्जन, युवा नेता महेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया