क्याम्पस प्रमुखले कुटाएपछि नेविसंघद्वारा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले चितवनको रामपुर कृषि क्याम्पसमा क्याम्पस प्रमुखको निर्देशनमा विद्यार्थी कुटिएको भन्दै काठमाडौंस्थित त्रिवि उप–कुलपतिको कार्यालयमा प्रदर्शन गरेको छ ।

बुधबार नेविसंघले दोषीमाथि कारबाही गर्न माग गर्दै त्रिवि उप–कुलपति कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ ।

त्रिवि समिति कीर्तिपुरले बुधबार उप–कुलपति कार्यालयमा पुगेर दोषीमाथि कारवाहीको माग गरेको छ ।

साउन २२ गते रामपुर कृषि क्याम्पसमा अनसनरत रहेका विद्यार्थी नेताहरू सुरज यादव र आशिष देवकोटामाथि क्याम्पस प्रमुख मिलन सुवेदीको प्रत्यक्ष निर्देशनमा सांघातिक आक्रमण गराएको नेविसंघको आरोप छ ।

विद्यार्थीले क्याम्पस प्रमुखलाई कारवाही र सांघातिक हमला गर्नेहरूलाई कारवाहीको माग गर्दै आएका छन् ।

Published : Wednesday, 2022 August 10, 3:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया