क्याम्पस प्रमुखले कुटाएपछि नेविसंघद्वारा प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघले चितवनको रामपुर कृषि क्याम्पसमा क्याम्पस प्रमुखको निर्देशनमा विद्यार्थी कुटिएको भन्दै काठमाडौंस्थित त्रिवि उप–कुलपतिको कार्यालयमा प्रदर्शन गरेको छ ।
बुधबार नेविसंघले दोषीमाथि कारबाही गर्न माग गर्दै त्रिवि उप–कुलपति कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ ।
त्रिवि समिति कीर्तिपुरले बुधबार उप–कुलपति कार्यालयमा पुगेर दोषीमाथि कारवाहीको माग गरेको छ ।
साउन २२ गते रामपुर कृषि क्याम्पसमा अनसनरत रहेका विद्यार्थी नेताहरू सुरज यादव र आशिष देवकोटामाथि क्याम्पस प्रमुख मिलन सुवेदीको प्रत्यक्ष निर्देशनमा सांघातिक आक्रमण गराएको नेविसंघको आरोप छ ।
विद्यार्थीले क्याम्पस प्रमुखलाई कारवाही र सांघातिक हमला गर्नेहरूलाई कारवाहीको माग गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया