कांग्रेसका केन्द्रीय सदस्य लामाका बुबाको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाका बुबाको निधन भएको छ ।

कांग्रेस नेता लामाका बुबा दीपबहादुर लामाको मंगलबार नुवाकोटमा निधन भएको हो ।

किस्पाङ गाउँपालिका मनकामनामा स्व.दीपबहादुर लामाको बुधबार अन्तिम दाहासंस्कार गरिनेछ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले केन्द्रीय सदस्य बहादुरसिंह लामाका बुबाको निधन भएको जानकारी दिए । उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

Published : Wednesday, 2022 August 10, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया