पैसा कमाउन राजनीति गर्दैन, यसपटक जाजरकोटबाट उठ्छु : कांग्रेस नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद राजिवविक्रम शाहले आफू बुढो हुँदासम्म पद प्राप्तिको राजनीति नगर्ने बताएका छन् ।

मंगलबार शाहले ट्वीट गर्दै राजनीतिबाट पैसा कमाउने कुनै उदेश्य नरहेको बताए । उनले यस पटक चुनाव लडेर जाजरकोटका जनताको सेवा गर्ने बताएका छन् ।

‘म बुढो हुँदासम्म पदका लागि मरिहत्ते गर्दिन । मेरो पैसा कमाउने कुनै स्वार्थ छैन’, कांग्रेसका युवा नेता शाहले भने, ‘भ्रष्टाचार अन्त्य र महँगी कम गर्नका लागि मेरो पहिलो प्राथमिकता हो ।’

उनले भने, ‘उमेर छदै राजनीतिमार्फत सेवा गर्छु । जाजरकोटको विकासका लागि पहल गर्छु ।’

‘यसपटक चुनाव पनि लड्छु’, उनले भने, ‘त्यसपछि युवा साथीहरूलाई सहयोग गर्छु ।’

कांग्रेसका नेता शाहले जाजरकोटबाट पराजित हुँदा पनि त्यहाँका जनताको सेवा गर्दै आएका छन् । उनले अस्पताल बनाउनेदेखि उपचार गराउन नसक्नेलाई उपचार गराउनेदेखि विभिन्न खालका सहयोग गर्दै आएका छन् ।

उनले हेलिकप्टरमार्फत समेत बिरामीको उद्धार गरेर उपचार गराएका छन् ।

मंसिंर ४ गतेको प्रतिनिधि सभाको निर्वाचन जितेर कांग्रेस नेता शाहले जाजरकोटीको विकास र जनताको जीवनस्तर सुधार गर्ने योजनामा छन् ।

यसअघि, माओवादीले जितेको थियो । कम्युनिस्टले जहिले पनि जाजरकोटलाई राजनीति गर्ने थालेको रुपमा राख्दै आएका छन् । कांग्रेसका युवा नेता शाहले जाजरकोटमा विकासको मूल फुटाउने तयारीमा छन् ।

काठमाडौंको थापाथलीसहितका ठाउँमा नेता शाहको अर्बौंको पैतृक सम्पत्ति छ । उनलाई भ्रष्टाचार गर्ने वा राजनीतिबाट पैसा कमाउने आवश्यक्ता नै पर्दैन ।

Published : Tuesday, 2022 August 9, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया