गृहमन्त्री खाणको आदेशपछि नागरिकताको अपमानजनक शब्द सच्याउन मिल्यो

काठमाडौं । गृह मन्त्रालयले यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता व्यक्तिले सच्याउन चाहेमा सच्याउन सक्ने जनाएको छ ।

सोमबार गृह मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव फडिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने ।’

‘त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने’, गृह मन्त्रालयले भनेको छ ।

सञ्चारमाध्यमहरूले दलित व्यक्तिहरूको नागरिकतामा अपमानजनक शब्द राखेका समाचारहरू प्रकाशित भएपछि गृहमन्त्री बालकृष्ण खाणले तत्काल निर्देशन दिएर त्यस्ता कार्य नगर्न र नागरिकता सच्चाउन चाहेमा सो सुविधा दिन आदेश दिएका छन् ।

Published : Monday, 2022 August 8, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया