कांग्रेसका युवा नेता खत्रीद्वारा गोरखाबाट उम्मेदवारी दिने घोषणा

काठमाडौं । युवा पर्यटन व्यवसायी एवम् नेपाली कांग्रेसका नेता प्रेमकुमार खत्रीले आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

सोमबार प्रेस नोट जारी गरेर कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका नेता खत्रीले गोरखामा उम्मेदवार बन्ने उल्लेख गरेका छन् ।

‘एक कदम अगाडि सोँच्दा जनताको साथ रहे मंसिर ४ गते हुने निर्वाचनमा मेरो उम्मेदवारी रहनेछ’, उनले भनेका छन्, ‘तपाईहरूको साथ समर्थन रहेमा यहाँहरूको सेवामा निरन्तर रहने प्रतिवद्धता गरेको छु ।’

कांग्रेस नेता खत्रीले भने, ‘जागरुक र जनताको साथ नै मेरो हौसला हो ।’

नेता खत्रीले प्रतिनिधि सभा वा प्रदेश सभा कुन पदमा उम्मेदवारी हुन् खुलाएका छैनन् ।

‘विश्वभरि आफ्नो अलग्गै पहिचान बनाएको हिमाली मुलुक हाम्रो देश नेपालको प्राकृतिक सुन्दरताको बयान यहाँ निर गर्न चाहिनँ मैले’, उनले भने, ‘भौगोलिक विकटता अनि हामी नेपालीहरूको पछयौटेपना एक कारक हो ।’

‘२१औं शताब्दी प्रवेशसँगै विश्व वजारीकरणमा नेपालको उपस्थिति निकै पछाडि छ’, उनले भनेका छन् ।

‘आजको दिनमा नेपालको अर्थतन्त्रको अवस्था र मानव विकास सूचकांकलाई हेर्दा निकै गरिबीको रेखापार गर्न अझै समय कुर्नुपर्ने देखिन्छ’, उनले भनेका छन् ।

‘विभिन्न समयमा विभिन्न राज्य ब्यबस्थाको प्रयोगशाला बनेको हाम्रो देश नेपाल पछिल्लो केहि वर्षयता संघीय लोकतान्त्रिक गणतन्त्रको गन्तव्यमा अघि बढेको छ, अबको परिवर्तन व्यवस्था परिवर्तनको लागि होइन कि विकास र समृद्धिको लागि लडाइँ लड्नु नितान्त जरुरी छ’, खत्रीले भनेका छन् ।

‘हामीले जनताको हक अधिकार लोकतन्त्रको सुन्दर व्यवस्थापन गरि अभ्यासको क्रममा हुँदा जनताको दैनिक हाम्रो सरोकार शिरोपर गरि गरिब, दुखी जनताको जीवनस्तरलाई उकास्न र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक र शिक्षित जनशक्ति तयार गर्नु अबको आवश्यकता हो’, उनले भनेका छन् ।

‘घ्याल्चोकदेखि सामा, साम्दो, लार्केदेखि सदरमुकाम एकैनासको पहुँच र सरल हुनुपर्छ भन्ने लाग्दछ मलाई, बिगत दशकदेखि शिक्षा र स्वस्थमा मैले जनतासित जोडिन निरन्तर प्रयासमा छु र जोडिइ पनि रहेको छु, त्यो सामाजिक हिसाब वा राजनीतिक हिसाबले मैले जति गरेको छु र अबका दिनमा पनि गर्नेछु’, उनले भनेका छन् ।

‘यो सबै राष्ट्र निर्माणमा एक इँट्टा बन्न सकुँ र गोर्खालीका लागि एक सेवक भन्ने नै हो, आजसम्म गोर्खाको विकासमा स्वस्थ र शिक्षा क्षेत्रमा जुन सहयोग गर्दै आएको छु’, उनले भने, ‘त्यो काम यथावत राख्दै अन्य क्षेत्रमा पनि सहयोग गर्ने वाचा गर्न चाहन्छु ।’

Published : Monday, 2022 August 8, 6:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया