आईएनजिओको डलर बोकेर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगे ढकाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दा गाली गरेर चर्चामा आएका सागर ढकाल नामक युवकले निकै ठूला सपना देखेका छन् ।

मुलुकका लागि कुनै पनि योगदान नगरेका गुल्मीका ढकालले देउवालाई प्रतिनिधि सभा निर्वाचनमा हराउने भनेर डिङ हाँक्दै हिँडेका छन् ।

देउवालाई मंसिर ४ गतेको निर्वाचनमा हराउने भनेर ढकाल उम्मेदवारी दिन डडेल्धुरा पुगेका छन् ।

गुल्मी जिल्ला स्थायी घर भएका ढकाल पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने आईएनजिओको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई प्रश्न सोधेर चर्चित बनेका थिए । ढकाललाई आईएनजिओले नै पूर्वतयारी अवस्थामा राखेर देउवाविरुद्ध बोल्न र प्रश्न गर्न लगाएको थियो । यसको पर्दाफास भइसकेको छ । त्यस बेला बिबिसी र त्यसको साझा सवाल नामक कार्यक्रम नेता र नेपालको राजनीतिको बद्नाम गर्न सक्रिय थियो ।

ढकालले पाँच वर्षअघि प्रधानमन्त्री देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै प्रश्न गरेका थिए । देउवाले जवाफमा झोक्किँदै ‘तपाईं बढ्ता बोल्दैहुनुहुन्छ’ भनेर जवाफ फर्काएका थिए ।

बिबिसीको साझा सवाल नामक टेलिभिजन कार्यक्रम आईएनजिओको कार्यक्रम हो । सोही आईएनजिओले देउवा र नेपाली कांग्रेसलाई बद्नाम गर्न ढकाललाई प्रयोग गरेको थियो ।

ढकाल पढ्नका लागि आफैं बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए । अक्सफोर्ड विश्वविद्यालयमा पढेको अहँकार र घमण्ड ढकाललाई छ । अक्सफोर्डमा पढेको र देउवालाई प्रश्न सोधेर आच्छु–आच्छु पारेको हुँ भनेर अहँकार पलाएर ढकाल डडेल्धुरामा निर्वाचन लड्न पुगेका छन् । उनको योगदान भनेकै त्यति मात्रै हो । मुलुकका लागि ढकालले के गरे भन्ने नै छैन ।

आईएनजिओको डलरको खोलो बगाएर देउवालाई डडेल्धुरामा हराएर सांसद बनेर प्रधानमन्त्री बन्छु भन्ने योजना बोकेका छन् । ढकालले आईएनजिओको उक्साहट र डलर बोकेर प्रतिनिधि सभाको निर्वाचनमा देउवाविरुद्ध उम्मेदवारी दिन डडेल्धुरा पुगेको भनेर आलोचना भएको छ ।

ढकालको को–कोसँग साँठगाँठ छ ? सो विषयमा पनि चर्चा हुन थालेको छ ।

Published : Monday, 2022 August 8, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया