काठमाडौंमा नेविसंघका थुप्रै नेताहरू पक्राउ
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेर प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
बालुवाटारको राष्ट्रिय वाणिज्य बैंक अगाडि नेविसंघले प्रदर्शन गरेको थियो ।
नेविसंघले अर्थतन्त्र ध्वस्त गर्न संलग्न भएको भन्दै गभर्नर अधिकारीको राजीनामा मागेको छ ।
प्रदर्शनका क्रममा नेविसंघका नेताहरू श्यामराज ओझा, बिकल राई, विनोदराज जोशी, सेरेन जोशी, राजेन्द्र रोकाया, दिनेश भट्ट, गेहेन्द्र घर्ती मगर, उपासना अधिकारी, सिर्जना स्नेही, धर्मराज खनाल, एनपी जोशी पक्राउ परेका छन् ।
नेताहरू रिजन नरसिंह केसी, एनपी जोशी, रञ्जन यादव, देवराज योञ्जन, सञ्जित खड्का, हृदयेन्द्रजङ्ग शाही, दिनेश कार्की, विवेक पाण्डे, विष्णु पाण्डे, पदम अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
एमाले समर्थक गभर्नर अधिकारीको राजीनामा माग गरेर नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । एमालेको अर्थ विभागको सदस्यमा एम. अधिकारी रहेका छन् । एम.अधिकारी उनै गभर्नर महाप्रसाद अधिकारी रहेको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया