यी हुन् देउवालाई साथ दिने साथी, देउवाले पनि गुन लगाए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र सल्लाहकारमा अरूणकुमार सुवेदीलाई नियुक्त गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार बनाउने निर्णय गरेको हो ।

सुवेदी विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा आवद्ध थिए ।

सुवेदीले पोखराको नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्मको केवलकार परियोजना अघि बढाइरहेका छन् ।

यो परियोजना बनेपछि नेपालको सबैभन्दा लामो केवलकार हुनेछ ।

नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको छ ।

Published : Thursday, 2022 August 4, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया