घोराहीमा नापतौल कार्यालय राख्न कांग्रेस नेता खनाल र संघको माग, मन्त्री बडू सकारात्मक

काठमाडौं । उद्योग, वार्णिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दाङ जिल्ला उद्योग वाणिज्य संघको नापतौलसम्बन्धी समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

मंगलबार सिंहदरबारमा नेपाली कांग्रेस लुम्बिनीका उप–सभापति एवम् पूर्वसांसद राजु खनाल, संघका अध्यक्ष टंकसिंह बुढाथोकी, कांग्रेस नेता पुरुषोत्तम शर्मासहितका प्रतिनिधिहरूले मंगलबार मन्त्री बडूलाई भेटेर नापतौलसम्बन्धी समस्या समाधान गर्न दाङमा कार्यालय स्थापना गर्न माग गरेका हुन् ।

जवाफमा मन्त्री बडूले सानो कुरा भए पनि नापतौलको विषयमा गम्भीर रहेको भन्दै दाङका उद्योगी, व्यवसायीहरूको मागका विषयमा आफू सकारात्मक रहेको बताए । उनले नापतौल कार्यालय दाङमा राख्न आफूले सक्दो प्रयास गर्ने आश्वासन दिएको अध्यक्ष बढुथोकीले जानकारी दिएका छन् ।

‘दाङ जिल्लासहित यस जिल्ला नजिक रहेका जिल्लाहरू सल्यान, प्यूठान, रुकुम, पूर्वी रुकुम, रुकुम र अर्घाखाँचीलगायतका जिल्लाहरूमा वर्तमान अवस्थामा विगतभन्दा धेरै उद्योगी, व्यवसायी र प्रतिष्ठानहरू स्थापना भइरहेका छन्’, ज्ञापन पत्रमा भनिएको छ ।

‘नापतौल कार्यालय स्थापना गर्न मन्त्रीज्यूले पहल र निर्देशनमा यस क्षेत्रको आम उपभोक्ता तथा उद्योगी र व्यवसायीहरूको आवश्यक्तालाई मध्यनगर गर्दै सबैलाई पायक पर्ने दाङको घोराहीमा नापतौलको कार्यालय स्थापनाको लागि माग पेश गएिको छ’, ज्ञापन पत्रमा उल्लेख छ ।

Published : Tuesday, 2022 August 2, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया