मालिकामा पहिरोमा परेर ५ जनाको मृत्यु

बेनी । म्याग्दी जिल्लामा पहिरोमा पुरिएर एउटै घरका ५ जनाको पुरिएर मृत्यु भएको छ ।

मालिका गाउँपालिका–२ रुममा अवरिल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घामबहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन बिक, १४ वर्षीय राजन बिक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् ।

उक्त स्थानमा पहिरो आई २ ओटा घरहरू बगाई मानिसहरू समेत बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो ।

पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे बिक र उनकै श्रीमती ६५ वर्षीया गोरी बिकलाई रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ ।

तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

Published : Tuesday, 2022 August 2, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया