भैरहवामा साढे १५ लाखसहित साहु पक्राउ

भैरहवा । रुपन्देही जिल्लामा प्रहरीले स्रोत नखुलेको १५ लाख ५० हजार रुपियाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो प्रहरीले सिद्धार्थ नगरपालिका–१ बाईपास, भैरहवाबाट भारत घर भएका ४६ वर्षीय आषी साहुलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

लु. ६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट नगद फेला पारेको थियो ।

साहुलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ ।

Published : Monday, 2022 August 1, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया