मन्त्री चौधरी र उप–मेयर कायतबीच भेट, ढोरपाटनको विकासबारे छलफल

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीसँग ढोरपाटनका उप–मेयर एवम् नेपाली कांग्रेसका युवा नेता धनबहादुर कायतले भेटघाट गरेका छन् ।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उप–मेयर कायातले ढोरपाटन नगरपालिकाको सबै वडाहरूमा शहरी विस्तारको योजना अगाडि बढाउन आग्रह गरेका छन् । मन्त्रालयले सीमित वडालाई शहरी योजनामा पारेकोमा असन्तुष्टि जनाएका कायतले सबै वडालाई बराबरी रुपमा विकासको अनुभूति दिन माग गरे ।

जवाफमा मन्त्री चौधरीले नगर कार्यसमितिबाट निर्णय गराएर ल्याएमा ढोरपाटन नगरपालिकाको माग अगाडि बढाउने आश्वासन दिएका छन् ।

‘ढोरपाटन नगरपालिकामा के–के काम गर्नुपर्ने हो निर्णय गराएर ल्याउनुस् । मैले सक्ने सहयोग गर्छु’, मन्त्री चौधरीको भनाइ उदृत गर्दै उप–मेयर कायतले भने, ‘मन्त्रीज्यूले ढोरपाटनमा सक्ने सहयोग गर्छुभन्नुभएको छ ।’

नेपाल तरुण दल बागलुङका कोषाध्यक्ष एवम् कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्रकुमार घर्ती मगरसहित मन्त्री चौधरीसँग भएको भेटमा उप–मेयर कायतले शहरी विकास मन्त्रालयले ढोरपाटनलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।

Published : Sunday, 2022 July 31, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया