आरजु राणा काठमाडौं आइन्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा स्वदेश फकिएकी छिन् ।

आइतबार राणा काठमाडौं आएकी हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनले भारतमा उपचार गराएकी थिइन् ।

उनले भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएकी थिइन् । राणा उपचारका लागि असार २६ गते नयाँदिल्ली गएकी थिइन् ।

Published : Sunday, 2022 July 31, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया