अमेरिकाको फ्रिको पैसा लिएन, चीनको ऋणले श्रीलंका डुब्यो : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहिर खतिवडाले सरकारले खुला अर्थनीतिसहित लगानीको वातारण बनाउनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा खतिवडाले व्यापारीहरूले कर तिर्छुभन्दा पनि करतिर्ने सहज वातारण नरहेको बताए ।

‘लगानीको वातावरण भएन भने मुलुकमा कर तिर्ने वातावरण हुँदैन । कर तिरेन भने सरकार चल्दैन’, उनले भने, ‘पहिलो लगानीको वातावरण बनाउने र व्यापारीमैत्री हुने काम सरकारले गर्नुपर्छ ।’

कांग्रेस नेता खतिवडाले भन, ‘यो सरकार कसको हो भनेर तपाईहरूले हेर्ने होइन । जनताले निर्वाचित गरेर पठाएको प्रतिनिधिहरूले ५ वर्षका लागि तपाईहरूले लाइनमा बसेर मतदान गर्नुभयो ।’

‘हाम्रो बागडोरो ५ वर्षसम्म हामीले आवधिक निर्वाचन प्रणालीमा विश्वास गरेर सरकार बनाउने पद्धतिको विकास गरेका छौँ’, उनले भने, ‘हिजो त्यसलाई विश्वास नगर्ने पार्टीहरूलाई विश्वास गर्ने वातारणमा ल्याएका छौँ । चुनावी माध्यमबाट सरकारमा पुगिन्छ । फेरि ५ वर्षमा चुनाव हुन्छ । ५ वर्षभित्र हामीले के गर्नुपर्छ ? यिनै जनताले दिएको अभिमतलाई हेरेर काम गर्नुपर्छ भन्ने दिमागले काम ग¥यो भने हामी पनि व्यापारीमैत्री सरकार हुन्छ ।’

उनले भने, ‘सरकार पनि व्यापारीसँग सँगै हुन्छ । अब कुरा गर्ने बेला छैन । काम गर्नुपर्छ ।’

‘व्यापारीहरू कर तिर्न तयार छन् । कर तिरेका पनि छन् । कर तिरेर काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ’, खतिवडाले भने, ‘हामी आफै सरकारमा छौँ । मैले कसैलाई गाली गर्न खोजेको होइन । एकजना अधिकृत जानु हुन्छ । कम्युटर लिनुहुन्छ । ५/१० दुःख दिनसम्म दियो । १५ दिनपछि केही रहेनछ भनेर फिर्ता लैजा भन्छन् । मिल्ने कुरा मिलाइसकेको हुन्छ । यो पद्धति अन्त्य गर्नुपर्छ ।’

‘सरोकारवाला निकायसँग छलफल गर्नुपर्छ । सरकार र व्यापारी दुबैलाई फाइदा हुन्छ । कर तिर्न जो पनि तयार छ । कर तिरेको पैसाले नेताहरू रातभरि आनन्दले सुत्ने, नेपालीहरू रुने बाटो हुनुहुँदैन । व्यापारीहरू सबै त्यहीखालका छैनन्’, नेता खतिवडाले भनेका छन् ।

हतियार खरिदबारे बिचौलिया दीपक भट्टप्रति लक्षित गरेर खतिवडाले भने, ‘केही दिन अगाडि एकजना व्यापारीको भिडियो सुने । नेता पनि किनिदिन्छु । राज्य व्यवस्था समिति पनि किनिदिन्छु । लेखा समिति पनि किनिदिन्छु । नेपाल, चीन भारत पनि किनिदिन्छु भनेछन् । व्यापार गर्न पाइन्छ । कर तिर्न पाइन्छ । कर तिरेर व्यापार गर्नुपनि पर्छ ।’

‘आफूलाई पनि फाइदा हुने । राज्यलाई पनि फाइदा हुने काम गर्नुपर्छ । देश किनेर, मन्त्री किनेर त्यसै खान्छु भन्ने चिज विचार गर्नुपर्छ । सरकारले यो विषयमा ध्यान दिनुपर्छ’, खतिवडाले भनेका छन् ।

‘देश आर्थिक अवस्थामा अफ्ठ्यारोमा प¥यो कि भन्ने पनि छ । श्रीलंकामा त्यस्तो अवस्था सिर्जना भयो । नेपालमा पनि हुने हो कि भन्ने चिन्ता आएको छ । ? श्रीलंकाले चाइनाबाट ऋण लियो । ऋण तिर्न सकेन एउटा टापु (बन्दरगाह) दिनुप¥यो । एक सय वर्षका लागि लिजमा दिनुपरेको छ’, उनले भनेका छन् ।

‘अमेरिकाले फ्रिको पैसा एमसीसी लैजाभन्छ । श्रीलंकाले लिन्नभन्छ । फ्रिमा आएको पैसा नलिने, ऋण लिने । तिर्न नसकेपछि के हुन्छ ?’, उनले भनेका छन् ।

‘तपाईहरूले गाली पनि गर्नुभएको छ । एमसीसी लियो गलत ग¥यो, राष्ट्र बेच्यो भनेर गाली गर्नुभएको छ । देशमा लगानीको वातावरण सिर्जना गर्न । विदेशीले विश्वासको वातावरण सिर्जना गर्न’, उनले भने, ‘यस्तै एमसीसी जस्तै रकम अरु देशले दियो भने नेपाल लिन तयार हुनुपर्छ । राष्ट्रियता र स्वाधीनतालाई आँच आउन दिने गरेर सहयोग लिनुपर्छ ।’

कांग्रेस नेता खतिवडाले अहिलेको सरकार व्यापारीमैत्री रहेको बताएका छन् ।

‘व्यापार गर्न अफ्ठ्यारो पर्दा सरकारको घरमा जानुस् । सिंहदरबार ढकढकाउनुस्’, उनले भने, ‘चुनावको बेला नेताहरूले व्यापारीको घरमा ढकढक गर्ने । सरकारमा गइसकेपछि व्यापारी आएर ढकढक गर्दा ढोकाबाट धुलोमात्रै झर्ने केही नहुने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।’

उनले भने, ‘लगानीको वातावरण सिर्जना गरौँ । खुला अर्थनीतिलाई खुला गरौँ । त्यो भयो भने व्यापारीहरूलाई सहजता हुन्छ ।’

Published : Saturday, 2022 July 30, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया