मेयर खाणद्वारा तिलोत्तमामा १०८ पिपलका बोट वृक्षारोपण

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका मेयर एवम् नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले वृक्षारोपण गरेका छन् ।

स्वच्छ, सफा, हराभरा, शान्त तिलोत्तमा नगर भन्ने नाराका साथ जनज्योति क्लवले तिलोत्त– ४ मा शनिबार आयोजना गरेको वृक्षरोपणमा मेयर खाणले वृक्षारोपण गरेका हुन् ।

वडा नं. ४ को वडा कार्यलय डिङ्गरनगर परिषरमा १०८ पिपलबोट वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको छ ।

खाणले वृक्षरोपण तथा वातावरण संरक्षण तथा सरसफाइ कार्यक्रम समुदायमा आवश्यक भएको बताए ।

उनले सबैले घर, आँगन लगायत खाली जग्गामा वृक्षरोपण गरेर वातावरण सुधार कार्य गर्नुपर्ने बताएका छन् ।

१०८ पिपलको बोट रोप्नुको महत्व छुट्टै रहेको खाणले बताएका छन् । भगवान् गौतम बुद्धले बुद्धत्व अर्थात ज्ञान पिपलको रुखमुनि बसेर हासिल गरेकाले बौद्ध धर्मअनुसार पिपल वृक्षको ठूलो महत्व रहेको बताए ।

उप–मेयर जागेश्वरीदेवी चौधरीले वातावरण संरक्षणको प्रमुख आधार नै वृक्षरोपण भएको बताएकी छिन् ।

१०८ पिपलबोट वृक्षारोपण तथा सरसफाई कार्यक्रममा वडा अध्यक्ष हरिबहादुर क्षेत्रीको नेतृत्वमा भएको थियो ।

क्लबका अध्यक्ष मित्र न्यौपानेले वृक्षारोपणमा आएका व्यक्तिहरूलाई स्वागत गरेका थिए ।

Published : Saturday, 2022 July 30, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया