प्रतिनिधि सभा निर्वाचनबारे कांग्रेस प्रवक्ता डा.महतको शक्तिशाली खुलासा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने बताएका छन् ।

शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रममा डा.महतले मंसिर ४ गते निर्वाचन हुने उल्लेख गरे । मंसिर ४ गते निर्वाचन गर्ने विषयमा पक्का–पक्की भएको उनले बताएका छन् ।

सरकारले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने प्रवक्ता डा.महतले बताएका छन् ।

उनले कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको बताए ।

‘मंसिर ४ गते त निर्वाचन हुँदैछ । पक्का–पक्की छ । केही दिनमा त्यो घोषणा हुन्छ’, उनले भनेका छन् ।

डा.महतले आफ्नो आकंक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन दिएका छन् ।

Published : Friday, 2022 July 29, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया