प्रधानमन्त्री देउवाद्वारा श्रष्टा र कलाकारहरूको प्रशंसा, संघको सिफारिस २९ जना सम्मानित

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ जना श्रष्टा र कलाकारहरूलाई सम्मान गरेका छन् ।

बिहीबार बालुवाटारमा आयोजित विशेष कार्यक्रममा देउवाले कांग्रेस निकटका श्रष्टा र कलाकारहरूको प्रशंसा गर्दै सम्मान गरेका हुन् ।

कांग्रेसको भ्रातृ संस्था नेपाल साँस्कृतिक संघको सिफारिस र पहलमा सभापति एवम् प्रधानमन्त्री देउवाले सम्मान गरेको संघका सभापति तीर्थ थापाले बताएका छन् । सभापति थापाले भने, ‘संघमा आबद्ध श्रष्टा र कलाकारहरूले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विभिन्न तरिकाले सहयोग गर्नुभएको छ । उहाँहरूलाई सम्मान गर्न संघको सिफारिसमा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाज्यूले सम्मान गर्नुभएको छ ।’

सभापति एवम् प्रधानमन्त्री देउवाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउनका लागि विशेष भूमिका खेल्न निर्देशन दिएको थापाले बताए । उनले भने, ‘प्रधानमन्त्री एवम् पार्टी सभापति ज्यूले आउँदै गरेको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन निर्देशन दिनुभएको छ । हामीले सक्दो सहयोग गर्नेछौं ।’

स्थानीय तहको निर्वाचनमा कांग्रेसको प्रचार–प्रसार र अन्य विविध तरिकाले सहयोग गर्ने २९ जना श्रष्टा र कलाकारहरूलाई सम्मान गरेको संघका केन्द्रीय सदस्य अर्जुन गिरीले जानकारी दिए ।

संघले सात वटा प्रदेशबाट सम्मानित हुने श्रष्टा र कलाकारहरूको नाम सिफारिस गरेको थियो ।

यी हुन् सम्मानित हुने श्रष्टा र कलाकारहरू


१. महेश प्रसाइँ– प्रवक्ता, नेपाल साँस्कृतिक संघ, साहित्यकार
२. कुमार बस्नेत ‘बिक्रान्त’ – नायक
३.प्रभातमणि ओझा ‘प्रवीण’ – वरिष्ठ संगीतकर्मी
४. शिवहरि नेपाल ‘वैरागी’ – कलाकार
५. शर्मिला बोहरा – कवि
६. राजेन्द्र खत्री– वरिष्ठ साँस्कृतिककर्मी
७. सुरत राउत ‘डोटेली कान्छा’ – साँकृतिककर्मी
८. प्रदीपलाल श्रेष्ठ – वरिष्ठ कला प्राविधिक
९. पूर्ण आचार्य
१०. जीवनाथ चौधरी
११. दीपक कार्की – सर्जक साँस्कृतिककर्मी
१२. डिल्लीनारायण पाण्डेय – वरिष्ठ सर्जक
१३. सुजाता केसी
१४. सुनिल पाण्डे
१५. चोलेन्द्रप्रसाद पौडेल
१६. चेतबहादुर सिंह ‘राजा’
१७. गोविन्द शाही
१८. शशिविक्रम थापा – वरिष्ठ कलाकार
१९. धनबहादुर याख्खा
२०. कविता गेलाल
२१. अर्जुन गिरी – निर्माता, निर्देशक एवम् कलाकार
२२. लेखबहादुर पुन – वरिष्ठ फिल्म निर्देशक
२३. सीता तामाङ केसी ‘अञ्जु’ – वरिष्ठ साँस्कृतिककर्मी
२४. कृष्णबहादुर पुन – वरिष्ठ कलाकर्मी
२५. अलिप खान – गायक
२६. विपिन किरण – वरिष्ठ गीतकार
२७. उदिमराम खड्का – वरिष्ठ कलाकर्मी
२८. विमलराज क्षेत्री – वरिष्ठ गायक
२९. रमेश कोइराला – वरिष्ठ फिल्म निर्देशक


Published : Friday, 2022 July 29, 5:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया