सचिव न्यौपानेको शासनको अन्त्य, मन्त्रालयमा खुसीयाली, अकुत सम्पत्तिमा छानविन गर्न माग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने सचिव पदबाट अवकाशमा गएका छन् ।

बिहीबार सचिव न्यौपानेलाई सिंहदरबारस्थित मन्त्रालयमा आजोजित कार्यक्रममा मन्त्री जीवनराम श्रेष्ठले विदाइ गरेका हुन् ।

सचिवमा न्यौपानेले पाँच वर्षे सेवाअवधिबाट अवकाश लिएका हुन् । न्यौपानेले खरिदारदेखि निजामती सेवा शुरु गरेका थिए । उनी सचिवसम्म पुगेका थिए । न्यौपानेले निजामती सेवामा २६ वर्ष दुई महिना बिताएका छन् ।

न्यौपानेले अनिर्वाय अवकास पाएर गएपछि मन्त्रालयमा खुसीयाली छाएको छ । न्यौपानेले सचिव पदको दुरुपयोग गरेर धेरैलाई दुःख दिएका थिए ।

न्यौपानेका हर्कतबाट कर्मचारी, व्यापारी र सेवाग्राहीहरू दिक्क भएका थिए । न्यौपानेको बहिर्गमनबाट मन्त्रालयमा बिहीबारदेखि निकै सहजको वातावरण बनेको छ ।

न्यौपानेले जहाँ जहाँ बसेर काम गरे त्यहाँ विवादमा आएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव रहेका बेला पनि न्यौपाने विवादमा परेका थिए ।

पर्यटन मन्त्रालय होस् वा गृह मन्त्रालयमा होस् सधैँ विवादमा रहेका थिए । एमाले समर्थक मानिने न्यौपानेको संगत एमालेका अध्यक्ष खड्गप्रसाद ओली र नेता महेश बस्नेतसँग निकै राम्रो छ । न्यौपानेलाई अख्तियारका प्रमुख आयुक्त प्रेम राईले निकै मन पराउँछन् ।

पदमा रहँदा न्यौपानेले धेरै गतिलो काम गरेका छैनन् । धेरैलाई दुःख दिएका छन् । न्यौपानेलाई ती दुःख पाएका व्यक्तिहरूको आँशु लाग्नेछ । उनले कहाँ–कहाँ के–के गरेका छन् तत्कालीन मन्त्री प्रेमबहादुर आले र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई राम्रोसँग जानकारी छ ।

अवकासमा गएका सचिव न्यौपानेको सम्पत्तिको छानविनको माग पनि उठेको छ । हैसियतभन्दा धेरै सम्पत्ति जोडेको आरोप न्यौपानेलाई लाग्दै आएको छ ।

अख्तियारले न्यौपानेलाई छानविन गरेर कारबाही गर्ने छैन । किन भने प्रमुख आयुक्त राई र न्यौपानेबीच निकै घनिष्ट सम्बन्ध छ । सम्पत्ति शुद्धीकरण विभागले पनि न्यौपानेलाई कारबाही गर्ने हिम्मत गर्नेछैन ।

Published : Thursday, 2022 July 28, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया