ठमेलमै चाइनिजहरूको धन्दा, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलबाट प्रहरीले चिनियाँ नागरिक ४८ वर्षीय सु सजीसहित चार जनालाई पक्राउ गरेको छ ।

ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा बुधबार दिउँसो प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ ।

सो स्थानमा अनलाईन ग्याम्बलिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गरेर पक्राउ गरेको उल्लेख गरेको छ ।

विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४ सय ७२ थान मोबाइल, २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राईभ र १ लाख ९० हजार रूपियाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्डसहित उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2022 July 28, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया