करातेका यी २ प्रशिक्षकद्वारा किशोरी बलात्कार
काठमाडौं । प्रहरीले किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा करातेका २ जना प्रशिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय सुरज सुवेदी ‘अमर’ र विराटनगर–३ का ५० वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । उनीहरूले १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।
राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ जिल्ला र सुवेदी संखुवासभाका कराते प्रशिक्षक हुन् ।
किशोरीले होटलमा लगेर सामूहिक बलात्कार गरेको जाहेरी दिएपछि आइतबार पक्राउ गरेर हिरासतमा राखेको डीएसपी श्रेष्ठले बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त दुवै जनाले २०६१ सालदेखि स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया