सशस्त्रका एसपीहरूको एसएसपीमा बढुवा सिफारिस, को–को परे ?
काठमाडौं । गृह मन्त्रालय बढुवा समितिले सशस्त्र प्रहरी बल नेपालका १४ जना (कामु) एसएसपी र दुई जना एसपीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
शुक्रवार बसेको बढुवा समितिको निर्णयानुसार बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसअघि कायम ४ वर्षे प्रावधानलाई संशोधन गरेर १६ जना अधिकृतहरू एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।
कामु एसएसपीबाट एसएसपी हुनेमा १ नम्बरमा प्रवीण कँडेल छन् ।
दीपेन्द्र कुँवर (ख), विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाद तिउसीना, नीरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेनलाई बढुवा सिफारिस गरिएको छ ।
शसस्त्र प्रहरी उपरीक्षक किरण ढुंगाना र शंकर खनाल पनि एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया