न्यूयोर्कमा कांग्रेस नेताहरूसँग अन्तरक्रिया
काठमाडौं । नेपाली जनसम्पर्क समिति, अमेरिकाले नेपाली कांग्रेसका नेताहरूसँग ‘नेपालको वर्तमान राजनीतिक अवस्था’बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
समितिले न्यूयोर्कमा कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यसँग अन्तरक्रिया गरेको हो ।
नेताहरूले नेपालको पछिल्लो राजनीतिक अवस्था, साढे तीन वर्षमा असफल भएको झण्डै दुईतिहाईको कम्युनिस्ट सरकार र कांग्रेसको काँधमा आएको मुलुकको दायित्वका विषयमा जानकारी गराएका थिए ।
प्रतिनिधि सभा र प्रदेश सभाको आउँदै गरेको चुनावका विषयमा कांग्रेस कसरी अगाडि बढ्नुपर्छ भन्नेबारेमा पनि उनीहरूले छलफल गरेका छन् ।
कार्यक्रम कांग्रेस नेता आनन्द बिष्टको सभापतित्वमा भएको थियो । कार्यक्रममा न्यूयोर्कमा बसोवास गर्ने नेपालीहरूको सहभागिता रहेको थियो ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया