यी ३६ जना डीएसपीको एसपीमा बढुवा सिफारिस, सूचीमा दाङले पनि अवसर पायो
काठमाडौं । नेपाली प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिले बुधबार गरेको गरेको सिफारिसअनुसार डीएसपीबाट एसपीमा बढुवा हुनेमा पहिलो नम्बरमा देवेन्द्रबहादुर पाल छन् । दोस्रो नम्बरमा सीताराम रिजाल र तेस्रो नम्बरमा भीमकिरण बोगटी रहेका छन् ।
सबैभन्दा पुछार ३६औं नम्बरमा मोहनकुमार थापा रहेका छन् ।
डीएसपीबाट एसपीमा बढुवा सिफारिस पर्नेहरूमा मित्रबन्धु शर्मा, विनोद शर्मा, विश्वराज खड्का, काजीकुमार आचार्य, भरतबहादुर बिक, बालनरसिंह राणालगायत रहेका छन् ।
डीएसपीबाट एसपीमा बढुवा हुनेमा आधा दर्जन दाङ जिल्ला घर भएकाहरू परेका छन् ।



Published : Wednesday, 2022 July 13, 5:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया